Section 44
वातावरणीय सेवाको व्यवस्थापन
(१) नेपाल सरकारले वनक्षेत्रबाट प्राप्त हुने वातावरणीय सेवाको व्यवस्थापन उपयोग तथा लाभांश वितरणका लागि देहाय बमोजिमको व्यवस्था गर्नेछ :-
(क) जलवायु परिवर्तन अनुकूलन र कारबन सञ्चिति तथा उत्सर्जन न्यूनीकरणबाट प्राप्त लाभको हकमा नेपाल सरकारले निर्धारण गरे बमोजिम व्यवस्थापन उपयोग तथा लाभांशको बाँडफाँट हुने,
(ख) बनक्षेत्रबाट प्राप्त हुने कार्बन सञ्चिति तथा उत्सर्जन न्यूनीकरण बाहेकका अन्य वातावरणीय सेवाको व्यवस्थापन उपयोग तथा लाभांशको बाँडफाँट सम्बन्धित वनको कार्ययोजनामा व्यवस्था भए बमोजिम हुने,
(ग) जल विद्युत खानेपानी र पर्यापर्यटन आयोजना लगायत अन्य निकाय वा उद्योगबाट वातावरणीय सेवा बापत प्राप्त हुने रकम र सोको व्यवस्थापन उपयोग तथा बाँडफाँट तोकिए बमोजिम हुने।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि डिभिजन वन कार्यालयले आफ्नो वार्षिक कार्यक्रममा व्यवस्था गरी वातावरणीय सेवा बोलपत्र
(इन्भाइरोमेण्टल सर्भिसेज टेण्डर) आह्वान गरी तोकिएका शर्त पूरा गरी वातावरणीय सेवाको व्यवस्थापन गर्न चाहने निजी वनको धनीलाई अनुदान वा अन्य प्रकारको भुक्तानीको व्यवस्था मिलाउन सक्नेछ।